उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता थप्ने तयारी

काठमाडौं उपत्यकका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) को बैठक आज बस्दैछ । दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ ।

निषेधाज्ञा थप्नेबारे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले केही दिनयतादेखि सम्बन्धित निकायसँग छलफल गर्दै आएका थिए ।काठमाण्डौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्न तयारी भइरहको स्रोतले जनाएको छ ।

अबको निषेधाज्ञामा विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ । नयाँ शैक्षिक सत्र नजिकिए पनि विद्यार्थीले पुस्तक नपाएपछि यसपालि पुस्तक पसल खुलाउने तयारी गरिएको हो ।

यस्तै, कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने छ । यसका लागि निश्चित समय तोकिने छ । ढुवानी र जनशक्तिको व्यवस्थापन कुन समयमा कसरी मिलाउने भन्नेबारे आज निर्णय हुने छ ।

स्वास्थ्य मन्त्रालयलगायत सरोकारवालासँगको छलफलपछि कम्तीमा एकसाता निषेघाज्ञा थप्ने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले बताए।

पटकपटक गरी थप गरिएको निषेधाज्ञा सकिनु अघिल्लो दिन थप निर्णय गर्न उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, भक्तपुर र ललिपुरका सीडीओको बैठक बस्दै छ।

तत्काल सम्पूर्ण रुपमा निषेधाज्ञा खोल्ने अवस्था नरहेको बताउँदै काठमाडौंका सीडीओ पराजुलीले आज दिउँसो बस्ने संयुक्त बैठकले यससम्बन्धी थप निर्णय गर्ने बताए।

उनका अनुसार उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिनेछ। ‘यसबारे थप निर्णय भने दिउँसोको बैठकले गर्नेछ।’

बर्खा लागेसँगै खेतीपातीको सिजन सुरु भएको तथा सरकारले असार १ गतेबाट नयाँ शैक्षिक सत्रको घोषणा गरिसकेको अवस्थामा कृषिकार्य तथा विद्यालयका पुस्तक ढुवानी र बिक्रीको व्यवस्था मिलाइने उनले बताए।

कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाउने तयारी गरिएको उनले बताए।

आजको बैठकले यसअघि सञ्चालन गर्न दिइएका किराना तथा खाद्य सामग्री पसल सञ्चालनको समिय समेत परिवर्तन गर्न सकिने उनले संकेत गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button