बग्गीखानाका थप १७ ट्राफिक प्रहरीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना)का थप १७ जना ट्राफिक प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणका क्रममा ट्राफिक महाशाखाका १७ कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

यसअघि महााशाखाका २ जना कर्मचारीमा कोरोना संक्रमण देखिए पछि महााशाखा नै सिल गरेर त्यहाँका कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको थियो ।

यसअघि संक्रमण देखिएका २ जनाको प्रत्यक्ष सम्पर्क रहेका ट्राफिक प्रहरीको स्वाब संकलन गरी परीक्षण गर्ने क्रममा थप १७ जनामा संक्रमण पुष्टि भएको महाशााखाका एक उच्च अधिकारीले जानकारी दिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button