चिकित्सकमाथि हातपात गर्न खोजेको आरोपमा दुईजना प्रहरी नियन्त्रणमा

दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका-९ मा रहेको गोकुलेश्वर अस्पतालबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

अस्पतालमा कार्यरत चिकित्समाथि हातपात गर्न खोजेको र अस्पतालमा तोडफोड गर्न खोजेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिका-६ चौंसेराका नरेन्द्रनाथ र लोकेन्द्रनाथलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार राती शैल्यशिखर नगरपालिका-१ कि २७ वर्षीया गर्भवती महिला सुत्केरी हुने क्रममा नवजात शिशुको ज्यान गएको थियो ।

शिशुको अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै आफन्तहरु आन्दोलित भएका थिए ।

समान्य रुपमा सुत्केरी हुन नसकेपछि ती महिलाको अप्रेशन गरेर बच्चा जन्माइएको थियो ।

बच्चा पेटभित्रै मरेको चिकित्सकले बताएका छन् । यो घटनामा अस्पतालको कुनै कमजोरी नभएको अस्पताल प्रशासनले जनाएको छ ।

आइतबार दिउँसो गोकुलेश्वर अस्पताल प्रशासन, प्रहरी, पिडित पक्ष र शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय सुरेन्द्रबहादुर बिष्ट बीच घटनाका बिषयमा छलफल भएको छ ।

यो बिषयमा छलफल चलिरहेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button