काठमाडौं उपत्यकामा निषेधाज्ञाको उल्लंन गर्ने ११ सय ७० जनालाई कारबाही

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको आदेश उल्लंघन गर्ने १ हजार बढीलाई प्रहरीले कारबाही गरेको छ ।

निषेधाज्ञाको उल्ल‌ंघन गरी विना काम बाहिर निस्किएका १ हजार १ सय ७० जनाालाई कारबाही गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशील यादवका अनुसार बिहीबार दिउँसो १२ बजेसम्म काठमाडौं जिल्लामा मात्रै ४ सय ३७ जनालाई कारबाही गरिएको छ ।

यस्तै, ललितपुरमा ४ सय ९८ तथा भक्तपुरमा २ सय ३५ जनालाई कारबाही गरिएको एसएसपी यादवले जानकारी दिए ।

प्रहरीले निषेधाज्ञा उल्ल‌ंघन गरी बाहिर निस्किएका व्यक्तिलाई केही समय नियन्त्रमा लिएर होल्डिङ सेन्टरमा राखेर छाड्ने गरेको छ ।

सो अवधिमा तीनै जिल्लाका गरी ८ सि ८७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये ६ सय ९२ वटा मोटरसाइकल र १ सय ९५ वटा चारपाङ्ग्रे गाडी छन् ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्रै छाडिने प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । यससँगै आज विहानबाट अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको हो ।

स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका आज (बिहीबार) बिहानैदेखि सुनसान देखिएको छ ।

स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा मानिसहरुको आवत जावत न्युन छ ।

सडकमा प्रहरीको संख्या बढाइएको छ । सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन्।

ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ । कतिपठ ठाउँमा भने स्थानीय प्रशासनले नै बिहान सात बजेसम्म किराना पसल खोल्न दिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button