कांग्रेस सांसद नरोत्तम बैद्यविरुद्ध आपराधिक दुरुत्साहनको जाहेरी दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यत्ति दिने नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यविरुद्ध आपराधिक दुरुत्साहनको जाहेरी दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वैद्यविरुद्ध आपराधिक दुरुत्साहनमा जाहेरी दर्ता भएको मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

संसद बैठकमा दुई दिनअघि सांसद बैद्यले बोल्दै प्रधानमन्त्री ओलीविरुद्ध आवश्यक परे आफू नाथुराम गोड्से पनि बन्न तयार रहेको बताएका थिए ।

मकवानपुर युवा संघका सदस्य अनिल काफ्लेले जाहेरी दर्ता गराएका हुन् । उनले संविधानको धारा १७ (१) र फौजदारी संहिता अनुसार बैद्यले बोलेको बिषयले आपराधीक दुरुत्साहन हुने दाबी गर्दै जाहेरी दिएको हो ।

चर्को आलोचना भएपछि बैद्यले शनिबार सार्वजनिकरुपमा माफी समेत मागेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button