प्रदेश नम्बर १ मा पनि बहुमतले पारित भयो नीति तथा कार्यक्रम

प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। नीति कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ।
सत्तारूढ एमालेका दुवै समूहको बलमा आर्थिक वर्ष २०७८–७९ को नीति कार्यक्रम बहुमतले पारित भएको हो।
मुख्यमन्त्री शेरधन राईले विपक्षी दलहरूको संशोधन प्रस्तावलाई सरकारले ग्रहण गर्ने, सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै संशोधन फिर्ता लिन आग्रह गरेका थिए। तर, विपक्षी दलहरूमध्ये कांग्रेस र माओवादी केन्द्रले प्रस्ताव फिर्ता लिन अस्वीकार गरेका थिए। उनीहरूको प्रस्ताव ध्वनी मतले अस्वीकृत भएको थियो।
जसपाका नेता जयराम यादवले भने फिर्ता लिएका थिए। सरकारले असार १ मा बजेट प्रदेशसभामा पेश गर्नेछ।