थप २,७४५ जना संक्रमित, ४,१८७ जना निको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ ।
संक्रमणमुक्त हुनेको संख्या ४ हजार १८७ रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

उपथ्यकामा थप ५४५ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा मंगलबार पछिल्लो २४ घन्टामा ५४५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ५४५ जनामा संक्रमण पुष्टि भएको हो । त्यसमध्ये काठमाडौंका ४५५, ललितपुरका ७४ र भक्तपुरका १६ जना छन् ।
काठमाडौं उपत्यकामा ७७८३, भक्तपुरमा २३१७ र ललितपुरमा ३२०३ सक्रिय संक्रमित छन् ।