गण्डकीमा नीति तथा कार्यक्रम बहुमतले पारित

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबारको संसद बैठकमा सभामुख नेत्रनाथ अधिकारीले पारित भएको घोषणा गरे ।

नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि प्रदेशसभा बैठक आज ४ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पेस गरेकी थिइन्। प्रस्तुत कार्यक्रम उपर आज छलफल गरेर पारित गरिएको हो।

प्रतिपक्षी नेकपा (एमाले) का २७ सांसदले नीति तथा कार्यक्रमको समर्थन गरेनन्।

सभामा कांग्रेस, नेकपा (माओवादी), जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र गरेर ३१ जना सांसदले पक्षमा समर्थन गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button