सिन्धुपाल्चोक बाढी–पहिरो अपडेट : ८ शव फेला, बेपत्ताको खोजी जारी

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परी हराइरहेकामध्ये ८ जनाको शव फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङका अनुसार, ८ जनाको शव मेलम्ची आसपास भेटिएको छ ।

करिब ५० जनाभन्दा बढी हराइरहेका छन् । उनीहरुको खोजी जारी छ ।

स्वास्थ्यमन्त्री तामाङका अनुसार, नाकोटे पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल समेत बाढीले बगाएको जानकारी दिए ।

आज बिहानैदेखि घटनास्थलहरुमा प्रहरी टोली, सशस्त्र प्रहरीको टोली उद्दार कार्यमा जुटेका छन् । कतिपय स्थानमा हेलिकोप्टरबाट समेत उद्दार कार्य जारी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button