थप २८२८ कोरोना संक्रमित थपिए, ५२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित फेला परेका हुन।

यस्तै, पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ। सोही अवधिमा ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन्।

४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button