चीनबाट ४० लाख डोज खोप किन्ने सीसीएमसी निर्देशन समितिको निर्णय

काठमाडौं– सरकारले चीनबाट तत्काल ४० लाख डोज खोप ल्याउने गृहकार्य थालेको छ।
बुधबार सम्पन्न कोभिड–१९ व्यवस्थापन निर्देशन समितिको बैठकले साउनदेखि खोप ल्याउने गरी प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।
कोभिड नियन्त्रणका लागि सबै भन्दा महत्त्वपूर्ण र अनिवार्य तत्त्व खोप नै भएको उल्लेख गर्दै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको बताएका थिए।
यथाशीघ्र खोप ल्याएर आगामी साउनदेखि लगाउन थालिने उनको भनाााइ थियो। चीनबाहेक अन्य देशबाट समेत ल्यउने प्रयत्न भइरहेकाले खोपको अभाव क्रमशः हल हुँदै जाने उनले बताए।
कोभिड १९ कुनै एक निकायकको मात्र जिम्मेवारी नभएको बताउँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायले समन्वयात्मक ढंगले काम गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए।
स्वास्थ्य मापदण्डमा कडाइ गर्दै संक्रमण जोखिम नहुने हदसम्म मात्र लकडाउन खुकुलो गर्न सकिनेसमेत बैठकमा उनले बताएका थिए।
महामारी नियन्त्रणका लागि खोप आधारभूत आवश्यकता भएको र खोप विना निषेधाज्ञा जास्ता प्रतिबन्ध हटाउन नसकिने निष्कर्षसहित खोप खरिद गर्ने निर्णय गरेको जनाइएको छ।