काठमाडौं– बाढी पहिरो पीडितहरुलाई तत्काल राहत उद्दारका काम गर्न नेकपा एमालेलाई सरकारलाई आग्रह गरेको छ ।
विगत केही दिनदेखिको अविरल वर्षाका लागि देशभरीको जनजीवन प्रभावित भइरहेको अवस्थामा तत्काल उद्दार र राहतका काम प्रभावकारी ढंगले अगाडी बढाउँदै मृतकका परिवारका लागि राहत उपलब्ध गराउन र वेपत्ताहरुको खोजी गर्न एमालेले सरकारलाई आग्रह गरेकोहो ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ती जारी गर्दै बाढीले बेघर बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रवन्ध मिलाउन पनि सरकारसँग आग्रह गरेका छन् ।
राहत र उद्दारका काममा परिचालित हुन जनप्रतिनिधि र पार्टीका कार्यकर्ताहरुलाई पनि एमालेले आग्रह गरेको छ ।