तरुण दलका सभापतिबाट जन्म दिनमा खाद्यन्न सहयोग

रातोपाटीन्युज, सिन्धुपाल्चोक । नेपाली काँग्रेस तरुण दल सिन्धुपाल्चोकका सभापति प्रमोद लामाले आफ्नो जन्म दिनमा सुत्केरी, गर्भवती महिला र बिपन्नलाई खाद्यन्न सहयोग गर्नु भएको छ ।

असार १ गते जन्मनु भएका समाजसेवी समेत रहेका लामाले आफ्नो जन्म दिनमा अवसरमा एक कार्यक्रम गर्दै सुनकोशी गाउँपालिका-६ थुम्पाखरका अति बिपन्न, असहाय, अति गरीबी ४५ घरपरिवारलाई एक, एक बोरा चामाल, दाल, तेल, नुन र ६० जना सुत्केरी, गर्भवती महिलालाई एक, एक क्रेट अण्डा हर्लिक्स, चना, फलफूल सहयोग गर्नु भएको छ ।

उहाँले बिगत देखि नै यसरी नै जन्म दिन मनाउदैं आउनु भएको छ । जन्म दिनमा बिपन्न, असहाय, गरीबी र सुत्केरी, गर्भवती महिलालाई सहयोग गर्न पाउदाँ आफु अति नै हर्षित भएको सभापति लामाले बताउनु भयो । आगामी बर्षको जन्म दिन पनि असहाय, अशक्तहरुको सेवा गरेर जन्म दिन मनाउने उहाँको भनाई छ ।

कुनै पनि महंगो होटेल, रेष्टुराँमा गएर मिष्ठान्न भोजन गरेर पैसा र समय खर्च गर्नु भन्दा गाउँका बिपन्न, असहाय, दिनदुखी गरिवलाई सहयोग गरेर जन्म दिन मनाउने कार्य मानवीय उत्कृष्ट कार्य भएको सो वडाका अध्यक्ष राम कुमार थापाले जानकारी दिनु भयो । काँग्रेस नेता समेत रहेका लामाले जन्म दिनमा खाद्यन्नहरु सहयोग गरेपछि स्थानीयहरु अति खुशी भएका छन् ।

वडा अध्यक्ष थापा, वडा सदस्य रुपकाजी लामा, नेपाली काँग्रेस खेलकुद बिभागका केन्द्रीय सदस्य टपेन्द्र दर्नाल, काँग्रेस नेता एवम इन्जिनियर उमेश पराजुली लगायतको उपस्थितिमा लामाले खाद्यन्न लगायतका सामाग्री बितरण गर्नु भएको थियो ।

जन्म दिनलाई अत्कृष्ट बनाउने हो भने तरुण दलका जिल्ला अध्यक्ष प्रमोद लामाले जस्तै गरी मनाउनु पर्ने नेपाली काँग्रेस खेलकुद बिभाग केन्द्रीय सदस्य टपेन्द्र दर्नालले बताउनु भयो । अरुले पनि जन्म दिनमा बालआश्रम, बृद्धाश्रम जस्ता कष्टकर जीवनयापन गरिरहेकालाई सहयोग गरेर जन्म दिन मनाउनु पर्ने वडा सदस्य रुपकाजी लामाले धारणा राख्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button