‘सामाजिक अभियन्ता’ भन्नेहरूको दबाबमा सरुवा गरिएका असई मणिकान्त महाराजगञ्ज फिर्ता

काठमाडौं– आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहबाट प्रहरी कार्यालयभित्रै रंगभेदको व्यवहार खेपेका र लगत्तै सरुवा गरिएका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई पुनः पुरानै कार्यालय (महाराजगञ्ज) फिर्ता गरिएको छ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जमा कार्यरत उनलाई त्यहाँको जिम्मेवारीबाट हटाएर महानगरीय प्रहरीय ट्राफिक प्रहरी महाशाखा, बग्गीखाना तानिएको थियो।
गत जेठ ११ गते संग्रौला र उनको समूहले महाराजगञ्जको प्रहरी कार्यालयमै झालाई दुर्व्यवहार गरेको थियो। त्यसलगत्तै उनलाई त्यहाँबाट काज सरुवा गरिएको थियो। काज फिर्ता भएपछि झा बुधबार नै महाराजगञ्जमा हाजिर भएका छन्।
प्रहरी स्रोतका अनुसार जेठ ११ को घटना भएको एक सातापछि उनलाई महाशाखा प्रमुख, एसएसपी जनक भट्टराईले बोलाएर अब बग्गीखानामै काज सरुवा हुन आग्रह गरेका थिए।