उपत्यकामा ‘स्मार्ट लक डाउन’ को तयारी

विशु गुरुङ / ललितपुर । कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले आउने साता ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ।
अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित अवस्था मूल्याङ्कन गरेर र साथै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्षमा पुगेको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । साथै सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर लागु गरिने जानकारी दिए ।
उनले सरकारी कार्यालय र अन्य सीमित क्षेत्र खुलाउने निर्णय गरिएको बताए । स्मार्ट लकडाउन जारी भएपछि विभिन्न किसिमका पसलहरु खोल्न दिइनेछ,” साथै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई व्यापार हरु संचालन गर्ने अनुमति दिने जानकारी सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले दिनु भएको छ ।
टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा नेपाली श्रमिक अधिक संख्यामा रहेकाले पुनःहवाई उडान संचालन गर्ने निर्णय गरेको जानकारी बुधबार अबेर रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सीसीएमसी बैठकले जानकारी दिनुभएको छ ।