जसपा यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकताको दाबी गर्न निर्वाचन आयोगमा जाने निर्णय गरेको छ ।

आज बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले जानकारी दिए । एउटा पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्कोको नेतृत्व यादवले गरिरहेका छन् ।

दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकाले पनि निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको हो ।

सत्ता समीकरणका लागि दुई पक्षमा भएको विवादका कारण जसपा दुई चिरा भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button