देशभर ११६५ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा (प्रदेशगत संख्यासहित)

काठमाडौं- देशभर हाल १ हजार १ सय ६५ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्।
९१६ आईसीयू र २४९ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १ हजार १ सय ८० जना संक्रमित आईसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा १६९ आईसीयू र ३५ भेन्टिलेटरमा, प्रदेश २ मा ३६ आईसीयू र ४ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५२० आईसीयू र १६४ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ७४ जना आईसीयू र १७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६९ जना आईसीयू र १४ जना भेन्टिलेटरमा, कर्णालीमा १९ जना आईसीयू र ७ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २६ जना आईसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ३५५ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा छन्।
सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १४ आईसीयू र ८ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आईसीयू र ५ भेन्टिलेटरमा, वीर अस्पतालमा १८ आईसीयू र ५ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा ४ आईसीयूमा, नेपाल प्रहरी अस्पतालमा २६ आईसीयू र १० भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ जना आईसीयू र १६ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ५१ आईसीयू र २४ भेन्टिलेटरमा, पाटन अस्पतालमा १७ आईसीयू र ९ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १२ जना आईसीयूमा, भक्तपुर अस्पतालमा ५ आईसीयू र १ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा २६ जना आइसोेलेसनमा छन्।
मनमोहन अस्पतालमा ५ आईसीयू र १ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १५ आईसीयू र २ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ३ आईसीयू र २ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १० आईसीयू र ३ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ४३ आईसीयू र ५ भेन्टिलेटरमा छन्।