राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा समेट्नपर्ने विषयमा सुझाव मागेको छ। केन्द्रीय बैंकले बिहीवार सूचना जारी गर्दै इमेलमार्फत सुझाव दिन सम्बद्ध सरोकारवालाको ध्यानाकर्षण गराएको हो।

गतवर्षझैं साउन पहिलो सातातिर मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले सुझाव संकलन सुरू गरेको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए।

सम्बद्ध बैंक तथा वित्तीय संस्थाका संघसंगठन, व्यावसायिक संघसंगठनलगायत सबै सरोकारवालाले असार मसान्तसम्म आवश्यक लिखित सुझाव पेश गर्नुपर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ।

आवश्यक सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगानामा पठाउन सकिने बताइएको छ। केन्द्रीय बैंकमा केही संघसंस्थाले सुझाव पठाइसकेको कार्यकारी निर्देशक श्रेष्ठले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button