एमालेमा गएका माओवादी नेतालाई पदमुक्त नगरिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
एमालेमा रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो ।
तर आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको माओवादीले जनाएको छ । ‘बाटो बिराएका जनप्रतिनिधिहरुलाई कारबाही गरिएको पत्र आयोगमा दर्ता गरेका थियौं ।
तर अहिलेसम्म आयोगले सूचना जारी गरेन’, पोखरेलले भने । विधानसम्मत प्रक्रिया पूरा गरेर कारबाही गरिएकालाई पदमुक्त नगरिएपछि यसबारे ध्यानाकर्षण गराएको उनको भनाई छ । केन्द्रीय कमिटीले कारबाही गर्ने अधिकार अध्यक्षलाई दिएकाले कारबाही प्रक्रिया अघि बढाउन माओवादीले आग्रह गरेका छन् ।