लोकतन्त्र र संविधान रक्षाका लागि विपक्षी गठबन्धनलाई मजबुद बनाउनुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने भएको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेस केन्द्रीय कार्यसमितिले लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने निकर्ष निकालेको हो ।

नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले कांग्रेसको नेतृत्वमा विपक्षी गठबन्धन बनाएका छन् ।

पछिल्लो समय गठबन्धनले हरेक विषय साझा धारणा बनाउन थालेपछि कांग्रेसका केही नेताहरुले प्रश्न उठाएका छन् । तर शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक रुपमै गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको हो ।

का्रग्रेसले २० चैत २०७७ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापतिको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको र अहिले बनेको विपक्षी गठबन्धन देउवाकै नेतृत्वमा सरकार बनाउन भएको बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button