सभापति बन्ने देउवाको कसरत, आफुनिकट नेतासंग गोप्य भेटघाट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवाले आज बागमती प्रदेशका केन्द्रीय सदस्यहरुसँग भेटघाट गर्दै छन्।
गोप्य बैठक भनिएको आजको भेटघाटमा देउवानिकट केन्द्रीय सदस्यहरुलाई अन्य कसैलाई पनि थाहा नदिइ आउन भनिएको छ।
सभापति शेरबहादुर देउवाले पुनः पार्टी सभापपितमा उम्मेद्वारी दिने तयारी थालेपछि गोप्य भेटघाट सुरु भएको हो । सभापतिमा उठ्ने घोषणासंगै देउवाले आफूनिकटका केन्द्रीय सदस्यसँगको भेटघाटलाई तीब्र बनाएका छन ।
आफूनिकटका केन्द्रीय सदस्यहरुलाई गोप्यरुपमा बोलाएर देउवाले महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका छन । यसअघि सभापति देउवाले प्रदेश १ तथा प्रदेश २ का केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए।
शनिबार देउवानिवास बूढानीलकण्ठमा बसेको बैठकमा दर्जनभन्दा बढी केन्द्रीय सदस्य सहभागी भएका थिए । छलफलमा सहभागीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिएका थिए।
सहमतिमा जाने अधिकांश केन्द्रीय सदस्यहरुको सुझावबारे सभापति देउवाले उपसभापति विमलेन्द्र निधिसँग समेत छलफल गरिसकेका छन्।