डाँडाकटेरीका ७२ घरधुरीलाई खाद्यन्न

रातोपाटीन्युज, सिन्धुपाल्चोक । कोरोना भाइरस महामारीबीच निषेधाज्ञामा परेका बाह्रबिसे नगरपालिका-६ डाँडाकटेरी र बसेरीका ७२ घरधुरी बिपन्नलाई सोमबार खाद्यन्न बितरण गरिएको छ भने सोताङका ३३ घरधुरीलाई त्रिपाल सहयोग गरिएको छ ।

स्थानीय काँग्रेस नेता राम बहादुर तामाङको सहजीकरणमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको निर्देशन, क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको नेतृत्व र तरुण दल केन्द्रीय बिभागका केन्द्रीय सदस्य पासाङनोर्बु लामा र न्यानोपन संस्थाका अध्यक्ष क्याप्टेन बिजय लामाको सहयोगमा उक्त संख्याका घरपरिवारलाई खाद्यन्न बितरण गरिएको हो ।

सो संख्याका घरधुरीलाई एक बोरा चामाल, दाल, तेल, नुन लगायतका खाद्यन्न बितरण गरिएको समाजसेवी समेत रहेका राम बहादुर तामाङले जानकारी दिनु भयो । सोताङका ३३ घरपरिवारलाई समाजसेवी तामाङले ब्यक्तिगत खर्चमा त्रिपाल खरिद गरेर बितरण गर्नु भएको थियो ।

स्थानीय कांग्रेस नेता तामाङले २०७२ सालमा आफ्नो नेतृत्वमा सेतीदेवी मन्दिर निमार्ण गर्नु भएको थियो भने २०७७ सालमा ब्यक्तिगत खर्चमा गणेश मन्दिर बनाउनु भएको जानकारी दिनु भएको छ । समाजसेवी राम बहादुर तामाङले बिभिन्न क्षेत्रमा समाजसेवा गर्दै आउनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button