गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा ४ जना पक्राउ

नुवाकोट । गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले ४ जनालााई पक्राउ गरेको छ । प्रहरीले तारकेश्वर गाउँपालिका–५बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको हो ।

काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

उनका अनुसार गौहत्या गरेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । घटनामा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button