पत्रकार सिद्धराज राई रासस महाप्रबन्धकमा नियुक्त

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) काे महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त भएका छन् ।

नागरिक दैनिक, नेपाल समाचारपत्रलगायतका सञ्चारमाध्यममा काम गरिसकेका राईले आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । राई नेपाल पत्रकार महासंघको पूर्वाञ्चल सहसंयोजक एवं केन्द्रीय सदस्य र प्रेस चौतारी नेपालको पनि केन्द्रीय सदस्य भइसकेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिए । हाल उनी देखापढी डटकममा कार्यरत छन् । धनकुटाको शहिदभूमि गाउँपालिका निवासी राई विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशिल छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button