एकैपटक ५७ डीएसपीको सरुवा, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको निर्णयानुसार, ५२ एसपी र ५७ जना डिएसपीको सरुवा गरिएको हो ।

आकर्षक मानिने जिल्ला कास्कीको प्रमुखमा आइजीपी सचिवालयका एसपी रमेश थापाको सरुवा भएको छ । एसपी थापा नेपाल प्रहरीमा स्वच्छ, इमान्दार र व्यावसायिक प्रहरी अफिसरका रुपमा परिचित छन् ।

त्यस्तै, दानबहादुर कार्कीको कपिलवस्तु, दिनेश मैनालीको तनहुँ, नकुल पोखरेलको धनकुटा, पदमबहादुर विष्टको सुर्खेत, विश्व अधिकारीको कैलाली, मनोजकुमार केसीको रुपन्देही, मनोज यादवको पश्चिम नवलपरासी सरुवा भएको छ ।

एसपी महेन्द्रकुमार श्रेष्ठको इलाम, शिवकुमार श्रेष्ठको भक्तपुर र श्यामकृष्ण अधिकारीको बाँके सरुवा भएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button