सरकारमा जानेहरु सच्चिएर आए भने जसपा एकता अझै सम्भव छ: अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कार्यलाई सर्वोच्च अदालतले रोक लगाएको बताएका छन् ।

संसद विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई मंगलबार सर्वोच्च अदालतले बदर गरिदिएपछि उनले असंवैधानिक कार्यलाई रोक्न सर्वोच्च अदालत छ भन्ने सन्देश गएको बताए ।

‘असंवैधानिक कार्य रोक्ने संस्थाको रुपमा, संविधानको रक्षा गर्ने संस्थाको रुपमा सर्वोच्च्च अदालत छ भन्ने नै हो’ उनले भने, ‘लोकतन्त्रमाथि जुन प्रहार हुँदै आएको छ, त्यो प्रहारविरुद्ध सर्वोच्च अदालत छ ।’

प्रधानमन्त्रीले संविधानविपरीत गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गर्नु सर्वोच्चको स्वागतयोग्य कदम भएको यादवको भनाई छ । अध्यक्ष यादवले जनता समाजवादी पार्टीबाट सरकारमा जानेहरु सच्चिएर पार्टीमा फर्किन सक्ने समेत बताएका छन् ।

‘जसपाभित्रको विवादले उहाँहरु सरकारमा गएको होइन । कसैले अहर्याइदियो र केपी ओलीको प्रतिगमनको मतियार बन्न गएका हुन् ।’, उनले भने । उनीहरुले आलोचना गरेर फर्किएर आए भने जसपा एकता अझै सम्भव रहेको उनको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button