काठमाडौं उपत्यकामा आउन/जान जिल्लाको सिफारिस चाहिने

काठमाडौं । थपिएको निषेधाज्ञा अवधिमा काठमाडौं उपत्यकामा प्रवेश गर्न चाहनेले अनुमति लिएर आउनुपर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामका लागि उपत्यकामा आउँदा आफ्नो जिल्लाको अनुमति लिएर मात्र आउन आग्रह गरेको छ।

काठमाडौं प्रशासनले मंगलबार सूचना जारी गर्दै मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला आवतजावत गर्न पाइने जनाएको हो।

साथै, स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म गर्न नपाइने प्रशासनले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button