माडी नगरपालिकाको सातौं नगरसभा भोलिबाट सुरु

डिलकुमारी नेपाल, चितवन । माडी नगरपालिकाको सातौं नगर–सभा (भोलि) असार १० गते हुने भएको छ ।
माडीको बघौंडास्थित माडी भिलेज लजमा सञ्चालन हुने लागेको नगरसभा बिहान ७:३० बजे देखि दिनभर नै सञ्चालन हुने कार्यक्रम रहेको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले बताउनुभयो ।
माडि नगरप्रमुखको अध्यक्षतामा संसद सञ्चालनकै मोडेलमा सञ्चालन हुने सो सभामा माडीका ५० जना जनप्रतिनिधीहरु र सचिवका रुपमा प्रमुख प्रशासकीय अधिकृत गरी ५१ जनाको सहभागिता रहने भएको छ । सो नगर सभामा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम, बार्षिक बजेट, विनियोजन विधेयक र बार्षिक नगर विकास योजना सम्बन्धी बिधेयक पेश गर्ने साथै छलफल हुने भएको छ ।
त्यसैगरी लेखा समिति र न्यायीक समितिको प्रतिवेदनमा समेत छलफल गरिने माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो । माडी नगरपालिकाको नगर सभा भोलि नै समापन हुने जनाएको छ ।