वाईसीएल माडी नगर कमिटिद्वारा सुकुम्बासी बस्तीमा खाद्यान्न वितरण

शंकर श्रेष्ठ, चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन वाईसीएल नेपालको माडी नगर कमिटिले माडीका विभिन्न गाउँहरुमा राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।
घोषित निषेधाज्ञा र केही भागको अघोषित निषेधाज्ञाले जनजीवन कष्टकर बन्दै गएको बेला बिहान बेलुकी काम गरेर दैनिक जीवन निर्वाह गर्दै आएका माडी–८, जीवनपुर क्षेत्रको सुकुम्बासी बस्तीका २२ घरधुरीलाई चामल, दाल, तेल, तरकारी लगायतका खाद्यान्न वितरण गरेको हो । यसअघि माडी–७, देबेन्द्रपुरस्थित परुई किनारको चेपाङ बस्तीमा ६० परिवारलाई समेत राहत वितरण गरिएको वाई।सि।एल। माडी नगर कमिटि श्रोतले जानकारी दिएको छ ।
कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालसंगै वाईसीएलका माडी संयोजक नेत्र काफ्ले, केन्द्रीय महिला विभाग विभाग सदस्य इन्दिरा बि।क।, केन्द्रीय कृषि तथा उत्पादन विभाग सदस्य सन्तोष चापागाई, चितवन जिल्ला सदस्य अशोक पाठक र माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी०का माडी संयोजक पदम पन्त लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
राज्यले निषेधाज्ञाबाहेक जनजीवनलाई सहयोग गर्ने कुनै पनि राहतका कार्यक्रम ल्याउन नसकेको र निषेधाज्ञाले नागरिकको पीडा र राज्यले जनताप्रति गरेको वेवास्ता गरेको बेलामा माडी वाईसीएल नगर कमिटिले राहत वितरण गरेकोमा स्थानीयले वाइसिएल नगर कमिटिलाई धन्यवाद दिएका छन् ।