विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध आजदेखि प्रदर्शन गर्दै

काठमाडौं । विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको छ। बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले भौतिक दूरी कायम गर्दै देशका प्रमुख सहरहरुमा सडक प्रदर्शन गर्ने निर्णय गरेको हो।

सडक आन्दोलनका लागि केन्द्रमा संयोजन समिति बनाउने र भ्रातृ संस्थाहरुलाई परिचालन गर्ने बताइएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत बैठकमा उपस्थित थिए।

सहभागी एक नेताका अनुसार बिहीबारदेखि नै विपक्षी दलसम्बद्ध भ्रातृ संस्थाहरुले सरकारविरुद्ध प्रदर्शन सुरु गर्नेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button