यी नदीमा आज बाढीको सम्भावना (सूचीसहित)

काठमाडौं- बिहीबार कोशी, कमला, बागमती, पश्चिम राप्ती, बबई जलाधारका केही स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब बढ्ने र केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गरेको छ।

बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब स्थिर अवस्थामा रहेको तथा सबैमा बहाव सतर्कता तह भन्दा तलै रहेको महाशाखाले जनाएको छ।

आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका स-साना सहायक नदीमा बहाब उल्लेख्य बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास सम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ भने कन्काईमा बहाब सामान्य रहने तथा सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ।

कमला, बागमती, पश्चिम राप्ती, बबई जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाब बढ्ने र केही स-साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान छ।

आज प्रदेश १, प्रदेश २ को पर्सा, धनुषा, सिराहा, सप्तरी, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्गजा, पर्वत, म्याग्दी, बागलुङ, मनाङ, लुम्बिनी प्रदेशको कपिलबस्तु, रुपन्देही, रुकुम पूर्व, रोल्पा, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको सल्यान, रुकुम पश्चिम, सुर्खेत, जाजरकोट, दैलेख र आसपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने भएकाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन बाढी महाशाखाले अनुरोध गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button