लमजुङ दोर्दीका बाढी प्रभावितलाई बिनिप्रप सेवकाईद्वारा राहत वितरण

निरोज तोलाङे, काठमाण्डौँ । समाजसेवी तथा विनिप्रप सेवकाई नेपालका अध्यक्ष पास्टर चेत बहादुर खरेलले आफ्नो जन्मदिनमा अवसरमा लमजुङको दोर्दी गाँउपालिकाका बाढीपीडित र कोविड प्रभावितलाई खाद्यन्न राहत वितरण गर्नुभएको छ ।

लगातारको वर्षासंगै आएको बाढीले विस्थापित भएका र जोखिममा रहेका स्थानीयलाई विनिप्रप सेवकाई नेपालले खाद्यन्न राहत वितरण गरेको हो ।

असार १० गते गोरखामा जन्मनु भई हाल ललितपुरमा बस्दै आउनु भएका समाजसेवी खरेलले विगत देखि नै यसरी समाजसेवा गरेर आफनो जन्म दिन मनाउदैं आउनु भएको छ । देश नै अहिले कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थासँगै अविरल वर्षाका कारण बाढी र कोविड–१९ प्रभावित बिपन्न, असहायलाई सहयोग गर्न पाउदाँ अति हर्षित भएको समाजसेवी खरेलले बताउनुभयो । आगामी बर्षको जन्म दिन पनि असहाय, अशक्तहरुको सेवा गरेर जन्मदिन मनाउने उहाँको भनाई छ ।

बाढीबाट विस्थापित भएकासंगै जोखिममा रहेका १९ जना र कोविड–१९ बाट प्रभावित ११ जनालाई गरी कुल ३० घरधुरीलाई बिहिबार एक, एक बोरा चामल, दाल, नुन, तेल खाद्यन्न सामग्री वितरण गरिएको विनिप्रप सेवकाई नेपालका अध्यक्ष समाजसेवी पास्टर खरेलले बताउनुभयो ।

नेपाली कांग्रेस दोर्दी गाउँपालिकाका सभापति हरिशचन्द्र पण्डितले जन्मदिनको अवसरमा यसरी बाढी र कोविड प्रभावित बिपन्न, असहाय, दिनदुःखी गरीबीलाई सहयोग गरेर जन्मदिन मनाउने कार्य मानवीय उत्कृष्ट कार्य भएकोले समाजसेवी पास्टर खरेल र संस्थालाई धन्यवाद दिनुभएको थियो ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस उपसभापति गिषा धले, सचिव दिपक अधिकारी र स्थानीयहरु उपस्थित थिए भने कार्यक्रमको व्यवस्थापन लाल बहादुर गुरुङले गरेका थिए । जन्म दिनमा खाद्यन्नहरु सहयोग गरेपछि बाढी प्रभावितहरु अति खुशी भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button