नेकपाका दुई नेतालाई कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुईजना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केन्द्रीय सदस्यद्वय डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोना भाइरस (कोभिड १९ ) संक्रमण पुष्टि भएको हो ।

वाग्ले र काफ्ले दुवै जना सर्लाही जिल्ला निवासी हुन् ।केन्द्रीय सदस्य काफ्लेले गत साउन २६ गते हरिवनमा गरेको परीक्षणमा ३२ गते पोजेटिभ रिपोर्ट आएको बताए ।

त्यस्तै वाग्लेले पनि साउन १ गते परीक्षण गरेकोमा ४ गते रिपोर्ट पोजेटिभ आएपछि घरमै बसेको जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button