संविधानको आत्मामाथि प्रहार भयो, अब चुप बस्न सक्दिन : सभामुख सापकोटा

काठमाडाैं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानको आत्मामाथि प्रहार भएको बताउँदै अब आफू चुप बस्न नसक्ने बताएका छन् ।

मंगलबार संघीय संसद भवनमा विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट संसदको अपहरण भएको आरोप लगाएका हुन् ।

संसद् विघटनको पूर्णपाठसमेत नआउँदै राष्ट्रपति कार्यालयबाट दोस्रो पटक संसद् विघटन स्वीकृत हुनु भनेको संसद्को अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको हो उनले भने, कोरोना सङ्क्रमणको महामारी र त्यसको न्यूनिकरणका विषयमा आफूहरुले संसदमा कुरा राख्न नपाएको बताउँदै सभामुख सापकोटाले बेलायती संसदमा कुरा उठ्दा समेत नेपालको संसदमा कुरा उठ्न नसकेको दाबी गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button