भदौ १६ बाट उडान खुला गर्ने मन्त्रीपरिषदको निर्णय  

काठमाडौं । सरकारले भदौ १६ बाट उडान खुला गर्ने भएको छ।

पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्न लागिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जनाएका छन्।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय भएको जानकारी दिए।

प्रवक्ता खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ।

यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ।

सरकारले मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति प्रदान गरेको हो।

पीसीआर गर्न गाह्रो भएका कतार, साउदी, कुवेत, लगायतका मुलुकबाट नेपाल आउने नेपालीहरुलाई भने चार्टर उडानबाट मात्रै ल्याउन पाउने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए।

सरकारले पीसीआर गरेका व्यक्ति र नगरेको व्यक्तिलाई एउटै विमानबाट ल्याउन नपाउने निर्णय पनि गरेको छ।

त्यसरी आउँने यात्रुले काठमाडौं ओर्लिएपछि ७ दिन आफ्नै खर्चमा होटलको क्वारेन्टाइनमा बस्नुपर्नेछ।

स्वास्थ्य परीक्षणपछि होटलबाट गए पनि १४ दिन होम आइसोलेसनमा बस्ने लिखित सम्झौता गर्नुपर्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button