महराको फैसला आज आउने

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको फैसला आज आउने भएको छ ।

आइतबार नै फैसला आउने तयारी गरिएको भए पनि न्यायाधीश अम्बरराज पौडेलले फैसला टाइपिङमा ढिलाइ भएको कारण सोमबार मात्रै फैसला आउने बताएका थिए ।

पूर्वसभामुख महरालाई संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा दायर छ । यसअघि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए ।
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button