बानेश्वरमा डाक्टरहरुलाई घर छाड्न टोलवासीको चेतावनी

काठमाडौं । नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा कार्यरत डाक्टरहरु बस्दै आएको घरमा नबस्न स्थानीय टोलबासीले चेतावनी दिएका छन्।
अहोरात्र सिभिल अस्पतालमा बिरामीको सेवामा खट्ने स्वास्थ्यकर्मीलाई उनीहरु बस्दै लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टल छाड्न टोलबासीले चेतावनी दिएका हुन।स्थानीय टोलबासी आज बिहानै उक्त घर छाड्न भन्दै घर घेराउ गर्न पुगेका थिए।

शनिवार बिहानै मिलनचोकका स्थानीयले होस्टेल सञ्चालकलाई गाली गलौज गर्नुका साथै स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याएका हुन्।

स्वास्थ्यकर्मीलाई उक्त घरमा राखेका कारण ५०/६० जनाको टोली आएर हुलदंगा गर्न खोजेको तथा आफूलाई धम्क्याएको होस्टेल सञ्चालक रोहित रानाले जनाएका छन्।

सञ्चालक रानाका अनुसार खाली भएको एउटा होस्टलमा भदौ ४ गतेदेखि केही स्वास्थ्यकर्मी बसेका थिए। त्यसका लागि सिभिल अस्पतालले होस्टल सञ्चालक रानासँग सहमति गरेको थियो।

स्थानीयको पछिल्लो गाली गलौज तथा धक्कीका कारण राना मानसिक तनावमा छन्।

स्वास्थ्यकर्मी प्रतिको यस्तो व्यवहारको चौतर्फी विरोध भइरहेको छ। स्वास्थ्यकर्मीबाट आफूलाई कोरोना सर्न सक्ने भन्दै विभिन्न ठाउँमा दुर्व्यवहारको घटना हुँदै आएको छ।

सरकारले उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई घरबाट ननिकाल्न, दुर्व्यवहार नगर्न आग्रह गर्दै आएपनि स्वास्थ्यकर्मीमाथिको दुव्र्यवहार रोकिएको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button