थापाथली अस्पतालका ३ चिकित्सकसहित ८ जनालाई कोरोना संक्रमण

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा तीन जना चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

चिकित्सकबाहेकका संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको अस्पतालकी निर्देशक डाक्टर संगीता मिश्रले जानकारी दिइन्।

संक्रमितमध्ये दुई जना टेकु अस्पतालको आइसोलेसनमा रहेको र बाँकी संक्रमित भने होम आइसोलेसनमा रहेको उनले जानकारी दिइन् ।

स्वास्थ्यकर्मीलाई संक्रमण देखिए पनि अस्पतालको कुनै पनि सेवा भने प्रभावित भएको छैन ।

अस्पतालमा भर्ना भएका बिरामीलाई भने कसैलाई पनि संक्रमण नदेखिएको उनले बताइन् ।

आज पनि १६ जनाको परीक्षण गर्ने अस्पतालले तयारी गरेको छ।

पछिल्लो केही दिनयता विभिन्न अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button