आजदेखि मोबाइलको आईएमईआई दर्ता अनिवार्य

काठमाडौं । आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइललाई आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रण र नियमनसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने यो प्रविधि र नियम आजदेखि कडाइसाथ लागू गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

यो नियम पहिलेदेखि नै रहिआएको भए पनि हाल आएर कडाइ गरिएको पौडेलको भनाइ छ । उनका अनुसार विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा दर्ता गरेपछि मात्रै चल्नेछ ।

हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागू नभए पनि आजदेखि सञ्चालनमा आएका मोबाइलमा भने यो नियम कडाइका साथ लागू हुनेछ । नेपालमा खरिद गरिएका मोबाइल नेपाल भित्र्याउने कम्पनीले नै दर्ता गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँग हुने र बाहिरबाट ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रण गर्न मोबाइल दर्ता अनिवार्य गरेको प्राधिकरणले जनाएको छ ।

साउन १ गतेभन्दा अघिदेखि सञ्चालनमा रहेका मोबाइलमा कुनै समस्या नदेखिने भए पनि आजदेखि भने आईएमईआई दर्ता बिना नेपालको नेटवर्कमा मोबाइल नचल्ने दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले जानकारी दिए ।

नेपालमा राजस्व तिरेर खरिद भएका मोबाइलको रेकर्डिङ प्राधिकरणसँग हुने हुँदा राजस्व छली भएर भित्रिएका मोबाइलको सेवा सञ्चालन बन्द गर्न यो नियम कडाइका साथ लागू गर्न लागिएको अर्यालले बताए ।

Related Articles

4 Comments

  1. The NTA Portal to register IMEI number is not Working. First Government should solve this issue.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button