एमाले केन्द्रीय कमिटी बैठक साेमबार बस्ने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पनि बस्ने भएको छ । पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टीको बैठक सोमबार विहान ११ बजेका लागि बोलाइएको हो ।
बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा नै बस्ने तामाङले बताए। यसअघि शुक्रबार मात्रै च्यासलमै एमाले स्थायी कमिटी बैठक बसेको थियो।
उक्त बैठकले एमालेमा देखिएको विवाद मिलाउन गत जेठ २ गते गठन भएर असार २७ गते १० बुँदे सहमति जुटाएको कार्यदल विघटन गरेको थियो। बैठकले कार्यदलको सहमतिलाई पनि अनुमोदन गरेको थियो।