महन्थ ठाकुरले भने- ‘देउवालाई विश्वासको मत दिन्छौं, हाम्रा माग पुरा होउन

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री देउवाले राखेको विश्वासको प्रस्तावको पक्षमा मत दिने बताए ।
प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई बधाई तथा शुभकामना पनि ठाकुरले दिएका छन् । आफ्ना सांसद रेशम चौधरी अझै जेलमा रहेको उनले बताए ।
‘प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो हामीले स्वीकार गर्यौं,’ उनले भने, ‘हामी विश्वासको मत दिन्छौं।’ अध्यक्ष ठाकुरले आफूहरूले उठाइरहेका माग पूरा गर्न पनि आग्रह गरेका छन् ।
उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही माग पूरा गरेकोमा प्रतिनिधि सभा बैठकमा बोल्दै धन्यवाद दिएका छन् । जसपाको अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले पनि देउवालाई विश्वासको मत दिने बताएको छ ।