कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

बर्दघाट । नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) प्रतापपुर गाउँपालिका –८ पथलहवाँ टोलका ४० वर्षीय अर्जुन यादवको  हत्या आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

यादवलाई गए राति कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानमा बस्ने अन्दाजी २७ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका– ८ फत्कीटोल बस्ने अन्दाजी २३ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।

विवादका कारण गरिएको कुटपिटका कारण यादवको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button