चीनबाट ल्याइयो थप १० लाख डोज भेरोसेल खोप, थप १० लाख डोज भोलि ल्याइँने

काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको थप १० लाख डोज भेरोसेल खोप आज अपरान्ह काठमाडौं ल्याइएको छ ।

बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज राती ११ बजे बेइजिङ उड्दैछ । भोलि दिउँसो २ बजे उक्त जहाज काठमाडौं फर्कने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए ।

शनिबार बाँकी डोज ल्याउन उक्त जहाज पुनः बेइजिङ जाने कार्यक्रम रहेको छ । नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button