उपत्यकामा खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा खाद्यान्नका पसल बिहान ९ः१५ बजे सम्म खोल्न पाइने भएको छ।

योसँगै किराना पसल, मासु पसल, फलफुलपसल अब बिहान ९ः१५ बजेसम्म खोल्न पाइने भएको छ।

उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले सो निर्णय गरेको छ। यस्तै, ओाषधी पसल पानी लगायतका आवश्यक सेवा भने जुनसुकै बेला खुला राख्न मिल्ने छ।

पछिल्लो समय जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण कतिपय ठाँउमा स्थानीय प्रशासनले बिहान ७ बजेसम्म मात्र खाद्यान्नका पसल खोल्न दिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button