जसपा विवादमा आयोगले दियो यस्तो आदेश

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दाबी सम्बन्धमा निर्वाचन आयोगले आज आदेश दिएको छ । आयोगको इजलासले दुबै पक्षलाई आगामी साउन ११ गते निर्वाचन आयोगमा बोलाएको छ। त्यसदिन कार्यकारिणी समितिका सदस्यसहित उपस्थित हुन आदेश दिएको हो ।

पार्टीको आधिकारिकता दाबी सम्बन्धमा दुवै पक्षका कानुन व्यवसायीले बहस गरेको थियो । आयोगले पार्टी एकीकरणको समय बनेको कार्यकारिणी समितिका सबै सदस्यलाई नागरिकता प्रमाणपत्रसहित ११ गते आयोगमा उपस्थित हुन सूचित गरेको हो । यसअघि आयोगले दुवै पक्षलाई सहमतिका लागि बोलाएको थियो। तर, जसपाका दुवै पक्ष, अध्यक्ष महन्थ ठाकुर–राजेन्द्र महतो र उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले मिल्न नसकिने भन्दै कानुन अनुसार निर्णय गर्न भनेका थिए।

त्यसपछि आयोगले राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार इजलास गठन गरेर सुनुवाइ थालेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button