रक्षामन्त्री कालापानी जाँदै

दार्चुला । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल आज भारतले आफ्नो नक्सामा राखेको कालापानी क्षेत्रमा जाने भएका छन् ।
दार्चुलामा रहेका उनी अहिले केहीबेरपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत कालापानी जान लागेका हुन् ।
भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि नेपालमा उक्त भूभाग नेपालको रहेको भन्दै भारत विरुद्धमा प्रदर्शन समेत भएको थियो । यसअघि उपप्रधानमन्त्री पोखरेलले नेपालको भूमि एक इञ्च पनि नछाड्ने बताएका थिए ।
सरकारले यसअघि नै छारुङ क्षेत्रमा सशस्त्र प्रहरीको बेसक्याम्प राख्ने निर्णय पनि गरिसकेको छ ।
उपप्रधानमन्त्री पोखरेलसहित १० जनाको टोली त्यहाँ जान लागेको हो । तर कालापानी क्षेत्रमा रहेको हेलिप्याडमा हिउँ जमेको स्थानीयले बताएका छन् ।