युथ फोर्थ र अखिल फोर्स तत्काल खारेज गर्न भट्टराईको माग

काठमाडौँ- नेकपा (एमाले)का नेता योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न माग गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहले युथ फोर्स र अनेरास्ववियु व्यूँताएपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत ती संगठन व्यूँताएकोमा औचित्यमाथि प्रश्न गरेका छन् ।

‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ’,भट्टराईले प्रश्न गरेका छन् ।

पार्टीभित्र यसरी भिन्नभिन्न संगठन निर्माण गरेर समाजमा आतंकको आभास दिएको र युवालाई अराजनीतिकरण तथा अपराधीकरण गर्न उद्दत गरिएको नेता भट्टराईको टिप्पणी छ । उनले यस्ता समूहहरु तत्काल खारेज गर्न अध्यक्ष ओली र नेता माधव नेपाललाई आग्रहसमेत गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button