देशभर ११४२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न लगाइएका प्रतिबन्धको कार्यान्वयनका लागि अग्रपंतिमा खटिएका प्रहरी कर्मचारीहरु संक्रमित हुने क्रम बढ्दै गएको छ ।

सोमबार बिहानसम्मको तथ्याङ्कअनुसार देशभर गरी नेपाल प्रहरीका १ हजार १ सय ४२ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमण देखिनेमा २ जना नायव महानिरीक्षक (डीआईजी) समेत छन् ।

संक्रमण देखिएकामध्ये ३ सय ९८ जना संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् । यस्तै, ७ सय ४४ जना अझै सक्रिय संक्रमित रहेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा छन् । बागमती प्रदेशमा मात्रै ३ सय ३० जना प्रहरी कर्मचारीमा संक्रमण देखिएको छ ।

बागमती प्रदेशमा संक्रमण देखिएका प्रहरीमध्ये ७९ जना प्रहरी प्रधान कार्यालयका हुन् भने २ सय १ जना काठमाडौं उपत्यकाका हुन् ।

यस्तै, प्रदेश १ मा १ सय ५३, प्रदेश २ मा १ सय २६, गण्डकी प्रदेशमा २८, प्रदेश ५ मा ७९, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १२ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमण देखिएका प्रहरी कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए । प्रवक्ता कडायतका अनुसार संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button