बैद्य (माओवादी)ले प्लटिङको जग्गा कब्जास्वरुप गाडेको झण्डा र व्यानर प्रहरीले हटायो

प्रसाेस लामिछाने, चितवन । माडीमा ट्वन्टीवान ग्रुपको प्लटिङको जग्गा कब्जास्वरुप बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले गाडेको झण्डा र व्यानर प्रहरीले हटाएको छ ।

ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले झण्डा गाडिएको जमीनमा पुगी झण्डा र व्यानर निकाली दिएकाे बताए । व्यक्तिको नीजि जग्गा कोहि कसैले अनधिकृत तवरबाट कब्जा गर्नु गैरकानुनी भएको भन्दै प्रहरीले झण्डा निकालिदिएको माडी प्रहरी प्रमुख शर्माले बताउनुभयो ।

त्यसअघि, माडी नगरपालिका-२, पौहारी गाउँमा ट्वन्टीवान ग्रुप प्रपर्टी प्रा.लि.को गरेको प्लटिङको जमीन नेकपा (क्रान्तिकारी माओवादी) चितवनका नेता कार्यकर्ताहरूले कब्जा गरेको दावी गर्दै झण्डा र ब्यानर गाडेर गएका थिए । झण्डा गाडिएको एक घण्टा नबित्दै प्रहरीले हटाई दिईकाे छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button