निको भएका व्यक्तिमा फेरी देखियो काेराेना संक्रमण

काठमाडाैं । हङकङमा एक पटक कोरोना संक्रमण निको भएका व्यक्तिमा फेरी कोरोना संक्रमण भएको एक केस फेला परेको छ ।

बिबिसीका अनुसार ३० बर्षभन्दा माथिको उमेरका यी व्यक्तिलाई साढे चार महिना अघि कोरोना संक्रमित भएर ठिक भएका भएका थिए ।

विज्ञानिकहरुले एकै व्यक्तिलाई दोस्रो पटक कोरोना संक्रमण भएको यो पहिलो केस भएको बताउदै यस भाइरसको जीन फरक भएको बताएका छन् ।

यस विषयमा विश्व स्वास्थ्य संगठनले एक केस आउदैमा सिधै निष्कर्षमा पुग्न नसकिने बताएको छ ।

विश्वका वैज्ञानिकहरुले भने दोबारा संक्रमण निकै दुर्लभ घटना भएको प्रतिक्रिया दिएका छन् ।

हङकङ विश्वविद्यालयको यस रिपोर्टमा संक्रमण ठिक हुनुअघि यी व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेका थिए ।

तर अहिले एयरपोर्ट स्क्रिनिंगमा उनी फेरी संक्रमित पाइएको हो । तर उनमा कुनै लक्षण भने छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button